Logo

साढे ७ अंकले घट्यो नेप्से, रु.६३ करोड ७८ लाखको कारोवार

साढे ७ अंकले घट्यो नेप्से, रु.६३ करोड ७८ लाखको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ७ दशमलव ५० अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५५ दशमलव ४८ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ९८ दशमलव ५९ अंकले ओरालो लागेको छ ।

त्यस्तै होटल समुह २५ दशमलव ४८, विकास बैंक १२,अन्य ४ दशमलव ७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ४ दशमलव ५४ अंकले घटेको छ । त्यस्तै फाइनान्स समुहको परिसुचक २ दशमलव ५८ अंकले घटेको छ ।

यता उत्पादन र जलविद्युत समुहको परिसुचक भने क्रमशः २५ दशमलव ६९ र ८ दशमलव ८ अंकले उकालो लागेको छ ।

बिहीबार १ सय २७ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १० लाख कित्ता सेयरबाट ६३ करोड ७८ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL