Logo

आइएमई दसैँ अफर : दोस्रो हप्ताका विजेता घोषित, दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट

आइएमई दसैँ अफर : दोस्रो हप्ताका विजेता घोषित, दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट



काठमाडौं । आइएमईले चाडपर्व लक्षित आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका हुन् । उनीहरु प्रत्येकले एक÷एक सामसुङ् मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन् ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालनमा छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।

अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ ।
अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्