Logo

७ अंकले घट्यो नेप्से, ६९ करोड ७९ लाखको कारोबार

७ अंकले घट्यो नेप्से, ६९ करोड ७९ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंकिङ र बीमा समुहको परिसुचक घट्दा बुधवार समग्र सेयर बजार ओरालो लागेको छ । सो दिन नेप्से परिसुचक ७ दशमलव ०६ अंकले घटेको छ । सेयर बजार १ हजार ३ सय ६२ दशमलव ९८ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार बीमा समुहको परिसुचक १ सय १७ दशमलव १४ अंकले ओरालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ अंकले घटेको छ । यता जलविद्युत, होटल तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः १८ दशमलव ६६, १२ दशमलव ६६ र ७ दशमलव २२ अंकले उकालो लागेको छ ।

बुधवार १ सय २३ कम्पनी कारोबारमा आएका थिए । सो दिन ९ लाख ५८ हजार कित्ता सेयरबाट ६९ करोड ७९ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL