Logo

सामसुङ जे फाइभ र जे सेभेन सार्वजनिक, नयाँ विशेषता थप गरिएको कम्पनीको दावी

सामसुङ जे फाइभ र जे सेभेन सार्वजनिक, नयाँ विशेषता थप गरिएको कम्पनीको दावी


बिजखबर संवाददाता
0
Shares

सामसुङले ग्यालेक्सी जे ७ र जे ५ को २०१६ भर्जन आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ विशेषताका यी दुई फोन सार्वजनिक गरेकोहो । जसमध्ये ग्यालेक्सी जे ७ मा ५ दशमलव ५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले छ। त्यस्तै फोनमा १ दशमलव ६ जीएचजेड ओक्टाकोर प्रोसेसर र ३ जीबीको र्याम छ ।

फोनको इन्टरनल मेमोरी १६ जीबी छ । त्यस्तै फोनमा एलइडी फ्ल्यासका साथ अगाडि ५ र पछाडि १३ मेगापीक्सेल क्यामरा दिइएको छ ।

त्यस्तै ग्यालेक्सी जे ५ मा ५ दशमलव२ इन्च सुपर एमोलेड डिस्प्ले छ । फोनमा १ दशमलव २ जीएचजेड क्वाडकोर प्रोसेसर र २ जीबी र्याम छ । मेमोरी १६ जीबी छ जसलाई मेमोरी कार्डका मद्दतले बढाउन सकिन्छ। सो फोमा ३हजार १सय एमएएचको ब्याट्री छ ।

दुवै स्मार्टफोनमा ४ जी एलटीइ, वाईफाई, एनएफसी, ब्लुटुथ ४दशमलव १, माइक्रो युएसबी २ दशमलव ० जस्ता सुविधा दिइएका छन् । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL