Logo

सामसुङ प्लाजा पोखरामा पनि, प्लाजा संख्या १२ पुग्यो

सामसुङ प्लाजा पोखरामा पनि, प्लाजा संख्या १२ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामसुङको नेपालका लागि आधिकारीक विक्रेता हिम इलेक्ट्रोेनिक्स प्रालिले पोखराको महेन्द्रपुलमा सामसुङ डिजिटल प्लाजा स्थापना गरेको छ । सो शाखाको कम्पनीका अध्यक्ष सिमा गोल्छाले उद्दघाटन गरिन् ।

समसङका उत्पादनहरुको बढ्दो मागलाई पुरा गर्ने  र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा महेन्द्रपुल पोखरामा खोलिएको बताइएको छ ।

यो सामसङ डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु एलइडी, टिभी, मोनिटर, मोवाइल भ्याकुम क्लिनरलगायत सामग्री विक्री गर्ने छ । काडमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ प्लाजा खुुलि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL