Logo

लगानीकर्तालाई धितोपत्र बोर्डको अर्को निर्देशन, बजार अनावश्यक रुपमा बढ्यो सतर्क रहनु

लगानीकर्तालाई धितोपत्र बोर्डको अर्को निर्देशन, बजार अनावश्यक रुपमा बढ्यो सतर्क रहनु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई पुनः सजक रहन अनुरोध गरेको छ । अर्थतन्त्रको सुचकहरु नकारात्मक रहेको अवस्थामा पछिल्लो समय सेयर बजार उच्चरुपमा बढेको भन्दै सजक रहन निर्देशन दिएको हो ।

‘पछिल्लो सयम धितोपत्रको दोस्रो वजार निरन्तर वढोत्तरीतर्फ गइरहेकोमा धितोपत्र बोर्ड संवेदनशील भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधार कार्यले यस किसिमको विशेष वृद्धिलाई केही बढाए पनि देशको आर्थिक अवस्था, संगठित संस्थाहरुको वित्तीय अवस्थालगायतका आधारभूत परिसूचकको आधारमा यस वृद्धिलाई सजगता पूर्ण रुपमा लिनु पर्ने देखिन्छ ।’

विनासकारी भुकम्प र त्यस पछिको तराई मधेश आन्दोलन आदिले गर्दा देशको अर्थतन्त्रलाई नकारात्मक असर गरी यो वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमान छ । साथै सूचिकृत संगठित संस्थाहरुको अवस्थापनि सन्तोषजनक नरहेको अवस्थामा अर्थतन्त्रको परिसूचकको रुपमा रहेको नेप्से परिसूचक उच्च रुपमा बढेकाले संयमित रहन आग्रह गरेको हो । २०७२ आषाढ मसान्तमा ९ सय ६१ दशमलव २३ अंकमा हरेको नेप्से परिसुचक हाल १ हजार ३ सय ७० अंकभन्दा माथी पुगेको छ ।

बजारमा चलेका हल्ला र आधारहीन अनुमानको पछाडी नलागी धितोपत्र बजारमा लगानी गर्दा देशको विद्यमान आर्थिक परिदृष्य, सुचिकृत संगठित संस्थाहरुको आधारभुत विश्लेषण लगायत जोखिम वहन गर्न सक्ने क्षमतालाई दृष्टिगत गरी अझ बढी सजक रहन बोर्डले विषेश अनुरोध गरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL