Logo

रन सुज पाँचौ बर्षमा प्रवेश, जापान र मलेसियामा जुत्ता चप्पल निर्यात गरिदै

रन सुज पाँचौ बर्षमा प्रवेश, जापान र मलेसियामा जुत्ता चप्पल निर्यात गरिदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । रन सुज इण्डष्ट्रिज आफ्नो स्थापनाको पाँचौ बर्षमा प्रवेश गरेको छ । कम्पनीले आइतवार एक कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । सो अवसरमा नेपाल सरकारका वन तथा भु–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले उद्योगको सफलताको कामना गर्दै उद्योगको समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने वचन वद्धता प्रकट गरे ।

वार्षिकोत्सव कार्यक्रममा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले आगामी २ बर्षभीत्र विदेशी चप्पल जुत्तालाई पूर्ण रुपमा विस्थापित गर्न सक्षम हुने बताए । ‘यसका लागि उद्योगले व्यहोर्नु परेको कच्चा पदार्थ र तयारी वस्तुबीचको समान भन्सार दरलाई फेरबदल गर्नुपर्छ’ उनले भने ।

साथै छोटो समयमा नै उद्योगले प्राप्त गरेको सफलतालाई आगामी दिनमा कायम राख्न चुनौती थपिएका बताए । उनले निकट भविष्यमा जापान र मलेशियामा रन ब्राण्डका जुत्ता चप्पल निर्यात गर्न लागिएको समेत जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा कम्पनीमा यस बर्ष उत्कृष्ट कार्य गर्ने विभिन्न तह र क्षेत्रका कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

साथै वार्षिकोत्सवको अवसरमा कम्पनीको फ्याक्ट्री परिसर धुन्चेपाखा, भक्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा कम्पनीका अध्यक्ष, कर्मचारी लगायत स्थानीय गरी २०० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL