Logo

बैंकिङ समुहले उचाल्यो नेप्से,२० अंकले बढ्दा १ अर्व १४ करोडको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से,२० अंकले बढ्दा १ अर्व १४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २० दशमलव १९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ सय ३ दशमलव ७७ दशमलव ३३ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंक समुहको परिसुचक सवैभन्दा बढी ३६ दशमलव ५४ अंक्ले उकालो लागेको छ ।

त्यस्तै होटल समुहको परिसुचक ८ दशमलव ९६ र जलविद्युत समुह ६ अंकले उकालो लागेको छ । त्यसैगरी फाइनान्स र बीमा समुह क्रमशः १ दशमलव ६६ र ० दशमलव ७८ अंकले उकालो लागेको छ । यता विकास बैंक र अन्य समुहको परिसुचक भने क्रमशः ५ दशमलव २५ र ५ दशमलव ९ ८७ अंकले ओरालो लागेको छ ।

आइतवार नेपाल लाइफ इन्स्योरेन्सको कारोवार ११ करोड ४३ लाख पुगेको छ । सो दिन १ सय २९ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १४ लाख ८६ हजार कित्ता सेयरबाट १ अर्व १४ करोडको कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL