Logo

ग्लोबल आईएमई समुन्नत योजना इकाई–१को बाँडफाँड, ५४६६ जनाले पाए

ग्लोबल आईएमई समुन्नत योजना इकाई–१को बाँडफाँड, ५४६६ जनाले पाए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आईएमई म्युचअल फण्ड अन्तरगतको ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को इकाईहरुको बाँडफाँड भएको छ । ग्लोबल आइएमई बैंकको प्रवद्र्धन र ग्लोबल आइएमई क्यापिटललको व्यवस्थापनमा निष्काशित १ करोड इकाई आज एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो ।

योजना अन्तर्गत ८० करोड बराबरको ८ करोड इकाई बिक्री खुला गरिएको थियो । जसका लागि कुल ५ हजार ४ सय ६६ जना ओवदले दिएका थिए । आवेदनका आधारमा सबै आवेदकले इकाई पाएका कम्पनीले जानकारी दिएको छ ।

७ बर्षे म्युचल फण्डमा प्रति इकाई १० रुपैयाँका दरले बिक्री खुला गरिएकोमा माग भन्दा धेरै आवेदन परेकाले योजनाको आकार १ अर्ब रुपैंया पुर्याइएको छ । जसले गदा योजनाको आकार पनि २० करोड रुपैंयाले बढेको कम्पनीले जानकारी दिएको छ ।

५० हजार भन्दा कम रकमका साना आवेदकले ४० प्रतिशत भन्दा धेरै इकाई माग नगरेका कारण उक्त रकमसम्मको इकाई माग गर्नेले मागे जति इकाई पाएका कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ  । ५० हजार रुपैंयाभन्दा माथिका आवेदकले माग गरेको इकाईको ४७ दशमलव ४७ प्रतिशत ईकाई पाएका छन् ।

८ करोड इकाई मध्ये ग्लोबल आइएमई क्यापिटललाई १० लाख र कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १ करोड १० लाख इकाई छुट्याइएको छ ।

global

प्रतिक्रिया दिनुहोस्
MBL