Logo

३० वटा बस थप्दै साझा, यूरो–३ मापदण्डका अपाङ्गमैत्री ल्याइने

३० वटा बस थप्दै साझा, यूरो–३ मापदण्डका अपाङ्गमैत्री ल्याइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साझा यातायातले थप ३० वटा बस संचालनमा ल्याउने भएको छ । साझाले काठमाडौं उपत्यकामा युरो ३ मापदण्डका अपांगमैत्री बस संचालनमा ल्याउन लागेको हो । हाल साझाले १६ वटा बस संचालन गर्दै आएको छ ।

हाल साझाले टाटा मोटरको बस संचानल गर्दै आएकोमा आगामी दिनमा अशोक लेलैण्ड कम्पनीको बस खरिद गर्ने भएको छ । बस खरिदका लागि साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित र अशोक लेल्याण्डका गौरव कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझाले खरिद गर्न लागेको नयाँ बसमा काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ लगानी छ । साझाले दुईवटा ढोका हुने अपांगमैत्री बस ल्याउने भएको छ । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै चढ्न सक्नेछन् । साझले ल्याउन लागेको अशोक लेलैण्डको प्रति वस मुल्य ३२ लाख रुपैयाँ पर्ने छ ।

ashok-layland

साझाले ल्याउन लागेको बसमा ४० सिट हुने छ भने २५ वटा ह्यांगर राखिने छ । बसमा टिभी समेत राखिने छ । साथै, नयाँ ल्याइने बसमा सुरक्षाका लागि सीसी क्यामारा समेत राखिने छ ।

हाल साझाले नयाँ बसपार्क–लगनखेल, नयाँ बसपार्क–त्रिभुवन विमानस्थल र लगनखेल–बुढानिलकण्ठ रुटमा वस संचालन गर्दै आएको छ ।

अशोक लेलैण्डको नेपालस्थित आधिरकारी विक्रेताको रुपमा आईएमई ग्रूप अन्र्तगतको एलटी इन्टरप्राईजेज रहेको छ । उक्त सम्झौतासँगै अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा शहरी यातायातको कोशेढुङ्गा सावित भएको एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपलि सिवाकोटीले बताए । ‘साझायातायातद्वारा आयातगरिने बसहरु काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनगरिने छन् जसकाकारण निजी सवारी साधनको प्रयोग घट्नुका साथै ट्राफिक समस्या समेत कम हुनेछ,’ उनले भने ।

अशोक लेलैण्डको नेपालको अधिकारिक बिके्रता एलटी इन्टरप्राईजेजले  उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL