काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता १ सय अङ्कित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार मूल्य बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४ सय ७० कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको ५ प्रतिशत अर्थात् १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस इस्युयर’ रेटिङ प्रदान गरेको छ ।