Logo

साढे ११ अंकले बढ्यो नेप्से, बैंकिङ समुहको विशेष योगदान

साढे ११ अंकले बढ्यो नेप्से, बैंकिङ समुहको विशेष योगदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ११ दशमलव ६१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५७ दशमलव १४ अंकमा पुगेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसुचक बढ्नुमा बैंकिङ समुहको विशेष योगदान रहेको छ । सो दिन बैंक समुहको परिसुचक १८ अंकले उकालो लागेको छ । त्यस्तै अन्य समुह २३ दशमलव ४९, होटल समुह ० दशमलव ९९, उत्पादन ० दशमलव २६ अंकले बढेको छ ।

यता बीमा, जलविद्युत र फाइनान्स समुहको परिसुचक भने ४३ दशमलव ३२,६ दशमलव ३३ र १ दशमलव १२ अंकले ओरालो लागेको छ ।

बिहीवार १ सय ३१ कम्पनी कारोवारमा आएका थिए । १३ लाख ३५ हजार कित्ता सेयरबाट ८४ करोड ५४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL