Logo

नारायणी अटोले अव सुजुकी गाडी बेच्ने, ३० औं शाखा बालकुमारीमा, ६ नयाँ मोडल भित्र्याउँदै

नारायणी अटोले अव सुजुकी गाडी बेच्ने, ३० औं शाखा बालकुमारीमा, ६ नयाँ मोडल भित्र्याउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुजुकी मोटरले आफ्नो ३० औं शाखा ललितपुरको बालकुमारीमा खोलेको छ । सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता एआईटी सीजी मोटोकोर्पले नारायणी अटो विजनेशको सहकार्यमा उक्त शाखा खोलेको हो ।

शाखा उद्घाटन कार्यक्रममा सीजी माटोकोर्पका प्रवन्ध निर्देशक अरुणकुमार  चौधरीले आगामी दिनमा सुजुकीले ठूला खालका प्यासेन्जर्स भेइकल  भित्र्याउन लागेको जानकारी दिए । ‘हाल सुजुकीले साना खालका प्यासेन्जर्स मेइकलमात्र विक्री गर्दै आएकोमा केही समयभित्रै ठूला खालका भिट्रा र बलेनो गाडी नेपाली बजारमा भित्र्याउन लागेको छ,’ उनले भने, ‘आगामी २ वर्षभित्र विभिन्न खालका ६ नयाँ मोडल नेपाली बजारमा ल्याउने छ ।’

आजभन्दा ३० वर्ष अघि शुरु गरेको मोटर व्यवसाय यो अवस्थामा आइपुग्दा खुशी लागेको चौधरीले जानकारी दिए । ‘कुनै पनि व्यवसाय गर्न त्यसप्रतिको लगाव र इच्छाशक्ति चान्हिन्छ,’ उनले भने, ‘आफुलाई व्यापार व्यवसायसँग जोड्न सकियो भने मात्र सफल हुन सकिन्छ ।’

narayani_auto_business_sujuki

कार्यक्रममा नेपाल अटोमोवाइल डिलर्श एशोसिएशनका महासचिव कृष्णप्रसाद दुलालले देशको राजस्वमा २५ प्रतिशतभन्दा बढी योगदान दिँदै आएको व्यवसायलाई अझ बढी फराकिलो पारिनु पर्ने बताए । ‘३ करोड जनसंख्या रहेको नेपालमा १ प्रतिशत जनताले पनि चारपाङग्रे सवारीसाधन चढ्दैनन,’ उनले भने, ‘देश विकासको लागि पूर्वाधार तथा यातायातको विकास आवश्यक छ ।’

कार्यक्रममा नारायणी अटो विजनेशका प्रमुख कार्यकारी अघिकृत अनुप बरालले उक्त शो रुममा हाल सेल्सको मात्र व्यवस्था रहेको र छिट्टै नै सर्भिस सेन्टरको पनि व्यवस्था गरिने जानकारी दिए । ‘सवारीसाधन विक्री गर्नु भनेको लाइफ स्टाइल विक्री  हो,’ उनले भने, ‘तसर्थ शोरुमले नयाँ नयाँ प्रविधि र सुविधा थप्दै जाने छ ।’

anup_baral_sujuki

सन् २०१० मा स्थापित नारायणी विजनेशले  टाटा मोटरका उत्पादन विक्री गर्दै आएको थियो । हाल टाटा मोटर छाडेर सुजुकीको डिरल लिएको कम्पनीका सीईओ बरालले जानकारी दिए ।

शाखा उद्घाटनको अवसरमा नारायणी अटोले गाडी खरिद गर्न चाहनेका लागि २० हजार छुट प्रदान गरेको थियो । सो अवसरमा ७ जनाले गाडी खरिद गरेको कम्पनीले जानकारी दिएको छ । सुजुकीको वालकुमारीस्थित नयाँ शाखामा विभिन्न २५ मोडलमा गाडीहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL