Logo

५५ हजारबाट ओरालो लाग्यो सुन, चाँदीमा पनि १० रुपैयाँ गिरावट

५५ हजारबाट ओरालो लाग्यो सुन, चाँदीमा पनि १० रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता  प्रतितोला ५५ हजार रुपैयाँभन्दा माथी कारोवार भइरहेको सुन आज तल झरेको छ । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मुल्यको प्रभाव तथा स्थानीय बजारमा सुनको माग घटेसँगै मुल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । पछिल्लो समय व्यवसायीहरु सुन बेच्नभन्दा पुराना गहना किन्नमा बढी व्यस्थ भएको समेत उनको भनाइ थियो ।

विहीबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधारबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी विहीबार १० रुपैयाँले घट्दै ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL