Logo

रामदेव तेलद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक, हरेक हप्ता २ जना विजेतालाई पुरस्कार

रामदेव तेलद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक, हरेक हप्ता २ जना विजेतालाई पुरस्कार



काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो ।

जस अनुसार फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।

यस्तै प्रत्येक बिहीबार विजेताको घोषणा फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिनेछ । लक्की ड्र मार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ ।

गणपति वनस्पतिद्वारा उत्पादित रामदेव तोरीको तेल,सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरूबाट खरिद गर्न सकिन्छ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL