Logo

बैंकिङ समुहले धान्यो नेप्से, साढे ३ अंकले बढ्दा ७३ करोडको कारोवार

बैंकिङ समुहले धान्यो नेप्से, साढे ३ अंकले बढ्दा ७३ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार बैंकिङ समुह बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको छ । बजारमा अन्य सवै समुहका परिसुचक ओरालो लागेपनि बैंकिङ समुहको परिसुचक बढ्दा नेप्से परिसुचक ३ दशमलव ४६ अंकले बढेको छ ।

बजारमा प्रभावपार्ने बैंकिङक समुहको परिसुचक १२ दशमलव २४ अंकले बढ्दा नेप्से परिसुचक १ हजार ३ सय ४५ दशमलव ५३ अंकमा पुगेर अडिएको छ ।

बुधबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ६० अंकले ओरालो लागेको छ । यसैगरी, जलविद्युत समुह ४० अंकले घट्दा विकास बैंक समुह २ दशमलव २९ अंकले घट्न पुगेको छ । दिनभर बैंकिङ समुहका लगानीकर्ता वाहेक अन्य सवैले गुमाएका छन् ।

बुधबार अघिल्लो दिनको तुलनामा कारोवार रकममा पनि गिरावट आएको छ । सोमबार कुल ९७ करोड रुपैयाँको सेयर कारोवार भएकोमा बुधबार ७३ करोड ३५ लाख रुपैयाँ बरावरको १४ लाख २६ हजार कित्ता सेयर कारोवार भएको छ । दिनभर कुल १ सय ३१ कम्पनीको सेयर खरिदविक्री भएको छ ।

बजारमा नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी सेयर खरिद विक्री भएको छ । नेपाल बैंकको ७ करोड ३८ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । पछिल्लो समय नेशनल हाइड्रो पावरको पनि सेयर खरिदविक्री बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL