Logo

५ सयले घट्यो सुन, तोलाको रु.५५ हजार, व्यवसायीलाई पुराना गहना किन्न भ्याइनभ्याइ

५ सयले घट्यो सुन, तोलाको रु.५५ हजार, व्यवसायीलाई पुराना गहना किन्न भ्याइनभ्याइ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता दैनिक उतारचढाव आएको सुनको भाउ बुधवार सामान्य ओरालो लागेको छ । आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेर ५५ हजार रुपैयाँमा कारोवार भएको हो ।
सोमवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो । बुधवार चाँदीको भाउमा भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विगत १ महिनादेखि बढेको सुनको भाउ अझै केही समय घट्ने संकेत देखिएको छैन । अन्तरराष्ट्रिय बजारमा सुनमा लगानीमा आकर्षण बढेकोले सुनको भाउ घट्ने संकेत नदेखिएको हो ।

स्थानीय बजारमा सुनको भाउ बढेपछि सुन किन्ने भन्दा बेच्ने ग्राहकको चहलपहल बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताए । ‘ भाउ बढेकोले ग्राहक नयाँ सुन किन्न भन्दा पनि बेच्न उत्साहित भएका छन,’ उनले भने ‘ यसले गर्दा नयाँ सुन खरिद गर्न पैसा अभाव हुन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्