Logo

नेप्से परिसुचक १७ अंकले बढ्दा सवै समुह हरियो, बीमाका लगानीकर्ताले कमाए

नेप्से परिसुचक १७ अंकले बढ्दा सवै समुह हरियो, बीमाका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रका परिसुचक सकारात्मक नभइरहेको अवस्थामा लगानीकर्तालाई संयमित हुन आग्रह गरेपनि नेप्से परिसुचक भने उच्च रुपमा बढेको छ । साताको पहिलो दिन बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १७ दशमलव ४० अंकले बढेको छ । बजारमा सवै समुहको परिसुचक हरियो हुँदा अन्तत नप्से परिसुचक १ हजार ३ सय ४३ दशमलव ९३ अंकमा पुगेर अडिएको छ । केही समय अघि धितोपत्र बोर्डले अर्थतन्त्रका परिसुचक नकारात्मक भएको भन्दै लगानीकर्तालाई वास्तविकता बुझेर मात्र लगानी गर्न निर्देशन दिएको थियो ।

दिनभर सवै समुहका परिसुचक बेढेपनि बीमा र बैंक समुहका लगानीकर्ताले सवैभन्दा बढी कमाएका छन् । आइतबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ३ सय १६ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ अंकले बढ्न पुगेको छ । जलविद्युत् समुह ७२ अंकले बढ्दा होटल समुह १८ अंकले बढ्न गएको छ ।

बजारमा सवैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर करोवार बढी भएको छ । उक्त कम्पनीको ९ करोड ९३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी नेशनल हाइड्रोपावरको ७ करोड रुपैयाँको सेयर कारोवार भएको छ भने नेपाल बैंक पनि साढे ५ करोड रुपैयाँ बरावर हुँदै तेस्रो स्थानमा रहेको छ । आइतबार बढी कारोवार हुनेको सुचीमा बीमा, बैंक र जलविद्युत कम्पनी नै रहेका छन् ।

दिनभर कुल १ सय १२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ८९ करोड ९७ लाख रुपैयाँ बरावरको १९ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL