काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयको पहिलो आधा घण्टामा उच्च अंकको गिरावटसहित कारोबार अवधिभर उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १.१५ अंकले बढेको हो ।
बजार सामान्य अंकले बढ्दा आज ५ समुहका परिसुचक बढ्दा अनय ८ समुहका परिसुचक भने ओरालो लागेका छन् । आज बढ्ने समुहमा उत्पादनमुलक १०९, जलविद्युत १८, व्यापार ७६ र बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ५ अंकले बढेका छन् ।
यस्तै आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समुहमा देखिन्छ । आज यो समुहको परिसुचकमा ६० अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक ५९, लघुवित्तको ५८ र जीवन बीमा समुहको परिसुचक १९ अंकले घटेका छन् ।
आज कारोबार अवधिभर २ सय १७ कम्पनीका १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।