Logo

आईएलएफसीओको चौथो बार्षिक साधारणसभा सम्पन्न, थप ७ शाखा खोल्दै

आईएलएफसीओको चौथो बार्षिक साधारणसभा सम्पन्न, थप ७ शाखा खोल्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आर्थिक वर्षमा थप ७ वटा शाखा कार्यालय संचालनमा ल्याउने भएको छ । कम्पनी चौथो बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष प्रतापजंग पाण्डेले सो जानकारी दिएका हुन् । थप ४ जिल्लामा उक्त शाखा संचालन गर्न लागिएको हो ।

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित आईएलएफसीओको कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । २०६९ साल असार २१ गते देखि वित्तीय कारोवार शुरु गरेको यस संस्थाको २०७२ साल फागुन मसान्त सम्म आइपुग्दा कूल सदस्य संख्या ४ हजार २ सय ५१ जना रहेको छ । हाल कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ ४६ हजार रुपैयाँ लगानी गरेको छ । जसबाट १ करोड ५८ लाख १८ हजार रुपैयाँ ब्याज आन्दाी गरेको छ ।

हाल संस्थाले केन्द्रीय कार्यालय तथा ४ वटा शाखा कार्यालयहरु मार्फत ६ जिल्लाका ४६ गाँऊ विकास समिति तथा नगरपालिकाहरुमा लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL