Logo

लगानी कोषलाई धितोपत्र डिलर दिन समिति गठन, बजार स्थायित्व र विश्वसनीय हुने

लगानी कोषलाई धितोपत्र डिलर दिन समिति गठन, बजार स्थायित्व र विश्वसनीय हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डलेले नागरिक लगानी कोष (सीआईटी)लाई बजार निर्माता तथा धितोपत्र डिलरको रुपमा सक्रिय गराउनका लागि स्वीकृति अध्ययन समिति गठन गरेको छ ।

सो कार्यका लागि लागि बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालयका सूचना प्रविधि निर्देशक, सूचना प्रविधि विभागका निर्देशक, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको सूचना प्रविधि प्रमुख, नागरिक लगानी कोषको सूचना प्रविधि प्रमुख सदस्य र बोर्डको सूचना प्रविधि हेर्ने प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

नेपाल सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन गर्नको निमित्त सो कार्यलाई सहजीकरण गर्ने उद्देश्य अनुरुप हालको व्यवस्था तथा नेप्सेको कारोबार प्रणालीको अध्ययन गरी १ महिनाभित्र सुझाव पेश गर्नको निर्देशन दिएको छ । साथै, विद्यमान कारोबार प्रणालीको सफ्टवेयरमा देखिएको कमि कमजोरी पत्ता लगाउन समेत निर्देशक दिएको छ ।

धितोपत्र बजारमा कोषले संस्थागत लगानीकर्ताको रुपमा बजार निर्माता तथा धितोपत्र डिलरको काम गर्दा बजारमा स्थायित्व र विश्वसनीयता हुने बोर्डको अपेक्षा छ ।
सरकारको आर्थिक वर्ष २०७२/७३ को वार्षिक बजेटमा पूँजी बजारको संस्थागत विकासका लागि धितोपत्रको दोश्रो बजार प्रभावकारी बनाउन नागरिक लगानी कोषलाई सक्रिय बनाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL