Logo

सेयर बजारको उकालो यात्रामा ब्रेक, मंगलबार उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारको उकालो यात्रामा ब्रेक, मंगलबार उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । मौद्रिक नीतिमा गरिएको व्यवस्थाले बढेको भनिएको नेप्सेको वृद्धिमा ब्रेक लागेको छ । यो हप्ताको २ दिन लगातार उच्च अंकको वृद्धिसहित २१ सय ३२ को विन्दु पार गरिसकेको नेप्से परिसुचक मंगलबार ४४.८० अंकले घट्दै २ हजार ८८ को विन्दुमा झरेर बन्द भएको हो
आज बजारमा कारोबार भएका सबैजसो समुहका परिसुचकहरु ओरालो लाग्दा समग्रम नेप्से परिसुचक नै ओरालो लागेको हो । आज सबैभन्दा बढी गिरावट आउनेमा जीवन बीमा र विकास बैंक समहुको परिसुचक छन् । मंगलबार जीवन बीमा समुहको परिसुचक १३३ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा ११४ अंकको गिरावट देखिन्छ ।

यस्तै आज लघुवित्त समुहको परिसुचक ११० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा १०४ अंकको गिरावट आएको छ । आज जलविद्युत, वित्त, म्युचुअल फण्ड र उत्पादनमुलक समुहको परिसुचकमा पनि उच्च अंकको वद्धि देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार २५ अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय २२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यो हिजोको तुलनामा न्युन हो ।

प्रतिक्रिया दिनुहोस्