Logo

बीमा र बैंकले उचाल्यो नेप्से परिसुचक, ११ अंकले बढ्दा ९२ करोडको कारोवार

बीमा र बैंकले उचाल्यो नेप्से परिसुचक, ११ अंकले बढ्दा ९२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

साताको अन्तिम दिन नेप्से परिसुचक १० दशमलव ७६ अंकले बढेको छ । बजार खुलेदेखि बढ्ने शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय २६ दशमलव ५३ अंकले बढेको छ ।

बीमा र बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । विहीबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ८१ अंकले बढेको छ । यसैगरी नेप्से परिसुचकमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव २३ अंकले बढेको छ ।

बजारमा होटल बाहेक सवै समुहको परिसुचक उकालो लागेको छ । जसमा लवविद्युत समुह २२ अंकले बढ्दा विकास बैंक समुह २ दशमलव ६९ अंकले बढेको छ ।

दिनभर कुल १ सय २३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ९२ करोड ६२ लाख रुपैयाँ बरावरको १९ लाख ७० हजार कित्ता सेयर कारोवार भएको छ ।

विहीबार नेशनल हाइड्रो, ग्लोवल आईएमईको प्रमोटर सेयर, नेपाल बैंक तथा नेपाल बैंगलादेश बैंकको सेयर कारोवार बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL