Logo

जियोनि इलाइफ एस सिक्स बजारमा, मूल्य रु.३० हजार

जियोनि इलाइफ एस सिक्स बजारमा, मूल्य रु.३० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स नेपालमा ल्याएको छ । बुधवामर काठमाडौँमा आयोजित एक कार्यक्रममा मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेश्नल मेधा कोइरालाले नेपालमा एस सिक्सको विमोचन गरे ।

एस सिक्समा ६.९ मिलिमिटर पातलो चम्किलो मेटल फ्रेम भएको पूर्ण मेटालिक डिजाइन रहेको छ । यसको पछाडि पट्टिको भाग हल्का घुमेको हुनाले यसले राम्रो पकड प्रदान गर्दछ ।

त्यस्तै एस सिक्समा कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित ५ दशमलव५ इन्चको ७२० पीको सुपर एमोलेड स्क्रिन छ । यसको स्क्रिन र बडीको अनुपात ७७ दशमलव८ ५ छ । अन्य एस प्लसमा जस्तै एस सिक्समा पनि १ दशमलव ३ गिगाहर्जको ६४ बिट अक्टा कोर प्रोसेसर रहेको छ । एस सिक्समा ३ जी बि ¥याम र ३२ जी बि इन्टरनल स्टोरेज छ ।

यस फोनमा १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छन् । यो डुअल सिम फोन एन्ड्रोइड ५.१ मा आधारित अमिगो ३.१ ओ एस छ ।

यसमा ३ हजार १ सय १५ एमएचएको व्याट्रि छ ।
एस सिक्स कालो, सिल्भर र रोज गोल्ड रङमा उपलब्ध यस फोनको बजार मूल्य २९ हजार ९ सय ९९ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्