काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २७ दशमलव २६ अंकको गिरावट आएको छ । चालु आर्थिक बर्षको सुरुवातदेखि नै उकालो लागेको नेप्से परिसुचक बिहीबार र शुक्रबार घटेर २ हजार १७ को विन्दुमा आईपुगेको हो ।
आज बजारमा सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट उत्पादनमुलक र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज उत्पादनमुलक समुहको परिसुचक ११२ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचकमा १०९ अंकको गिरावट देखिन्छ ।
यस्तै आज विकास बैंक समुहको परिसुचकमा ७१ अंकको गिरावट आउँदा होटल तथा पर्यटन समुहको परिसुचक ५८ र व्यापार समुहको परिसुचक ५० अंकले घटेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा शुक्रबार १५ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।
आज कारोबारको २ घण्टामा २ सय १२ कम्पनीका ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर किनबेच हँुदा कारोबार रकम १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ पुगेको छ ।