Logo

१० बर्षमै रामदेवको पतन्जलीमा ठूलो फड्को, मासिक ५ अर्बका उत्पादन बिक्रि गर्दै

१० बर्षमै रामदेवको पतन्जलीमा ठूलो फड्को, मासिक ५ अर्बका उत्पादन बिक्रि गर्दै


बिजखबर संवाददाता
0
Shares

योग गुरू बाबा रामदेबले पतन्जली ब्राण्डमा आयुर्वेदिक सामान उत्पादन थालेको १० बर्षमा निकै ठूलो सफलता हात पारेका छन् । पतन्जलीले गत आर्थिक बर्षको अन्त्यमा मात्रै मासिक करिब ५ अर्बको औषतमा ५० अर्ब भन्दा बढीको आयुर्वेदिक सामान बिक्रि गर्न सफल भएको छ ।

पतन्जलीका अनुसार गत आवमा राखिएको कारोबार लक्ष्य सहजै पुरा भएको छ ।

योग मार्फत आयुर्वेदिक सामानको प्रयोगलाई जोड दिदैं आएका रामदेवले पतन्जली मार्फत विभिन्न रोग प्रतिरोधात्मक औषधी देखि खाद्यान्नको समेत उत्पादन गर्दै आएका छन् ।

पतन्जली हिन्दुस्तान युनिलिभर, आइटीसी, नेस्ले र व्रिटानियापछिको टप फाइभ कम्पनीमा पर्न सक्ने सम्भावना उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्