काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १६.२० अंकले बढेको छ । बिहानैदेखि उकालो यात्रा तय गरेको नेप्से परिसुचक दोहोरो अंकले बढ्दै २०४५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज दिनभर २ सय १३ कम्पनीका ५७ लाख १३ हजार २ सय ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने हिजोको तुलनामा बढ्दै २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको हो । सोमबार दिनभर १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचकमा वृद्धि देखिन्छ । मंगलबार लघुवित्त समुहको परिसुचकमा ८२ अंकको वृद्धि देखिँदा जीवन बीमा समुहको परिसुचकमा ८० अंकको वृद्धि देखिन्छ ।
यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ६४ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा ७२ अंकको वृद्धि देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ६ अंकको वृद्धि देखिन्छ ।