Logo

‘टेस्टेड सिस्टम’ भित्र्याउन धितोपत्र बोर्डको निर्देशन, क्रस बोर्डर ट्रेडिङलाई सहयोग पुग्ने

‘टेस्टेड सिस्टम’ भित्र्याउन धितोपत्र बोर्डको निर्देशन, क्रस बोर्डर ट्रेडिङलाई सहयोग पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले टेस्टेड सिस्टम (अन्तराष्ट्रिय मान्यता प्राप्त आधुनिक प्रविधि) भित्र्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । नेप्से पुरानै प्रणालीमा चलिरहेकोले आधुनिक र अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रणाली भित्र्याउन निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

विश्व पूँजी बजारको आधुनिक प्रणाली आइसकेकाले नेपालमा पनि सोही अनुरुपको प्रविधि विकास गरिनुपर्ने उनको भनाइ थियो । ‘क्रस बोर्डर ट्रेडिङ तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउनका लागि विश्वसनीय खालको अन्तरराष्ट्रिय पद्दति आवश्यक छ,’ उनले भने, ‘आगामी दिनमा क्रस बोर्डर ट्रेडिङ तथा लिस्टिङको लागि पनि टेस्टेर सिस्टम आवश्यक छ ।’

टेस्टेड सिस्टम भित्रिएसँगै नेपालको पूँजी बजारमा समय सापेक्ष सुधार भई सुरक्षित, भरपर्दो र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विश्वसनीय हुने बोर्डको दावी छ । नयाँ प्रविधिले बजारको विकास तथा विस्तार गर्न सहयोग पुग्नुका साथै अनलाईन कारोवारलाई समेत थप सहयोग पुग्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL