काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १८ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो यात्रा तय गरेको नेप्से दोहोरो अंकले बढ्दै २०२९ को विन्दुमा पुगेर रोकिएको हो ।
सोमबार दिनभर कुल २ सय ११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
आज ट्रेडिङ र म्युचुअल फण्ड समुहको परिसुचकमा झिनो अंकको गिरावट आउँदा अन्य सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये आज होटल तथा पर्यटन, जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा उच्च अंकको वृद्धि देखिँदा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक २ अंकले उकालो लागेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक ३२ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचक २६ अंकले उकालो लागेको छ ।
आज बजारमा कारोबार भएका कम्पनीमध्ये बरुण जलविद्युत कम्पनीको सेयरमूल्यमा भने झण्डै सकारात्मक सर्किट लागेको छ ।