बिजखबर संवाददाता
२५ मंसिर, काठमाडौं । केही दिनयता उकालो लागेको सुनको भाउ विहीवार पनि प्रतितोला ३ सय रुयैयाँले बढेको छ । बुधवार प्रतितोला ५२ हजार ३ सय रुपैयाँमा कारोवार भएकोमा विहीवार ५२ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै चादीँ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । तर, बुधवारको तुलनामा सुन र चादीँ दुवैमा कम बढेको छ । बुधबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको थियो भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेको थियो ।