Logo

घोराई सिमेन्टको नबिकेको सेयर नागरिक लगानी कोषले खरिद गर्ने, प्रतिकित्ता ४ सय ३५

घोराई सिमेन्टको नबिकेको सेयर नागरिक लगानी कोषले खरिद गर्ने, प्रतिकित्ता ४ सय ३५



काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मुल्यमा १ सय रुपैँयामा ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले बिक्री गर्न लागेको हो । जस अनुरुप कम्पनीले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैँयाको आईपीओ प्रिमियम मुल्यमा जारी गर्ने छ । त्यसरी सर्वसाधारणमा जारी गर्दा सेयर बिक्री नभएमा सम्पूर्ण सेयर नागरिक लगानी कोषले खरिद गरिदिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL