Logo

बजाजले ल्यायो नरोकिने युवा जोस योजना, मोटरसाइकल खरीदमा ७ हजार नगद छुट

बजाजले ल्यायो नरोकिने युवा जोस योजना, मोटरसाइकल खरीदमा ७ हजार नगद छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द कम्पनीले नयाँ वर्षको लागि ‘नरोकिने युवा जोश’ नामको योजना प्रस्तुत गरेको छ ।

भूकम्प र नाकाबन्दीमा नेपालीयुवाहरुले देखाएका साहस र धैर्यलाईं सलाम गर्दै बजाजले नयाँ वर्षका का लागि योजना सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत ग्राहकले प्रत्येक बजाज बाईकको खरिदमा रु.७ हजार नगद छुट प्राप्त गर्न सकिने बताइएको छ । यसको लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा रहेका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनुपर्नेछ ।

नेपाली युवा जोशलाई सलाम गर्दै नयाँ योजना ल्याइएको कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्