काठमाडौं । सिजीले आफ्नो ‘सिजी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इण्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ ।
आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सि.जी.ले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेप्र्र्रिmजेरेटर र ए.सी. बजारमा ल्याएको हो ।
यी आइओटी प्रोडक्टहरुलाई अब तपाईहरुले केवल एउटा सि.जी. स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सक्निुहुनेछ । जसमा यी प्रोडक्टहरु एक अर्कासंग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेप्र्र्रिmजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० बर्षको वारेण्टी मोटरमा र ए.सी.मा ५ बर्षको वारेण्टी कम्प्रेसरमा पनि दिएको छ ।
यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरितm, आइओटी सुविधायुक्त ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।