Logo

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, जलविद्युतले कमाउदा बैंक र बीमाले गुमाए

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, जलविद्युतले कमाउदा बैंक र बीमाले गुमाए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागेका छन् । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ६ दशमलव ६८ प्रतिशतले घटेकोे छ ।

सोमबार १ हजार ३ सय १९ अंकबाट घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय १२ दशमलव ३० अंकमा झरेर अडिएको छ ।

बजारमा दिनभर बीमा र बैंकिङ समुहका लगानीकर्ताले गुमाएका छन् । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव ३८ अंकले घटेको छ । यसैगरी, बीमा समुहको परिसुचक सवैभन्दा बढी ८७ दशमलव ९५ अंकले ओरालो लागेको छ । बजारमा विकास बैंक समुह पनि १० अंकले घटेको छ ।

सोमबार जलविद्युत समुहको परिसुचक ३१ दशमलव ६७ अंकले बढको छ भने अन्य समुहको परिसुचक सामान्य ओरालो लागेको छ ।

बजारमा कारोवार रकममा पनि भारी गिरावट आएको छ । आइतबार १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोवार भएकोमा आज ६५ करोड ९६ लाख रुपैयाँको मात्र कारोवार भएको छ । दिनभर कुल १ सय १७ कम्पनीको १० लाख ८० हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

सोमबार कुनै पनि कम्पनीको सेयर कारोवार ४ करोड रुपैयाँभन्दा बढी भएको छैन । बजारमा सवैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL