Logo

सेयर कारोवार १ अर्ब नाघ्यो, कृषि विकासको मात्रै साढे ९ करोडको कारोवार

सेयर कारोवार १ अर्ब नाघ्यो, कृषि विकासको मात्रै साढे ९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सेयर कारोवार रकम १ अर्ब रुपैयाँ नाघेको छ । लामो समयपछि दैनिक सेयर कारोवार १ अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

बैंक र बीमा समुहको सेयर कारोवार बढेसँगै नेप्सेमा कारोवार रकम बढेको हो । सातोको पहिलो दिन सवैभन्दा बढी कृषि विकास बैंकको सेयर करोवार बढी भएको छ । कृषि विकास बैंकले १५ प्रतिशत बोनस र त्यसपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेसँगै सेयर करोवार बढेको हो । यस्तै, प्रिमियर इन्स्योरेन्सको पनि ८ करोड १२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

साताको पहिलो दिन नेप्से परिसुचक भने सामान्य बढेको छ । बजार खुलेको केही समय उच्चरुपमा बढेको नेप्से परिसुचक अन्तमा जिरो दशमलव ८५ अंकले मात्र बढेको छ । नेप्से परिसुचक सामान्य बढेर १ हजार ३ सय १८ दशमलव ८८ अंकमा पुगेर अडिएको छ ।

आइतबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ५८ दशमलव ३८ अंकले बढेको छ । यसैगरी, जलविद्युत् समुह १२ दशमलव ८२ अंकले बढेको छ भने फाइनान्स समुह २ दशमलव ९ अंकले मात्र बढेको छ ।

बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने सामान्य ओरालो लागेको छ । यस्तै विकास बैंक समुह १० अंकले घटेको छ भने होटल समुह २२ अंकले ओरालो लागेको छ । दिनभर कुल १ सय १६ कम्पनीको १४ लाख ६० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्