Logo

सिटिजन्सले ल्यायो भिसा क्रेडिट कार्ड, स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने

सिटिजन्सले ल्यायो भिसा क्रेडिट कार्ड, स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘सिटिजन्स डोमेस्टिक भिसा क्रेडिट कार्ड र सिटिजन्स इन्टरनेसनल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । सिटिजन्स भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत सञ्चालन हुने गरि सिटिजन्स भिसा डेविट कार्ड ल्याइसकेको छ । विदेश यात्रा गर्न चाहने ग्राहकहरुलाई सजिलो हुने गरी सिटिजन्स इन्टरनेसनल भिसा डलर कार्ड सुबिधा पनि बैंकले उपलब्ध गराउदै आएको छ ।

बैंकले आफ्ना ५६ वटै शाखाबाट उक्त सेवा उपलब्ध गराउने छ । बैंकका ग्राहकलाई मात्र नभई क्रेडिट कार्ड लिन चाहने अन्य गा्रहकहरुले पनि यो सुविधा उपभोग गर्नसक्नेछन् । बैंकले  जारि गरेको क्रेडिट कार्ड सम्पूर्ण भिसा नेटवर्क तथा पिओएस मेसिनमा पनि प्रयोग गर्न सकिने छ । बैंकले करिब ४ लाख ग्राहकलाई सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL