काठमाडौं । पछिल्लो समय उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक सोमबार ९.७५ अंकले घटेको छ । बिहानैदेखि बजार उकालो लागेपनि कारोबारको अन्तिम समयमा ओरालो लाग्दै २०७६ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ पुगेको हो । यो रकम आईतबारको तुलनामा झण्डै दोब्बरले बढी हो । आईतबार सेयरबजारमा २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज दिनभर भएको कारोबारमा सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावर लि को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिभम सिमेन्टको सबैभन्दा बढी अर्थात १७ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोछ भने हिमालयन डिस्ट्रीलरीको १६ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।