Logo

नेप्से ५७ अंकले बढ्दा कारोबार साढे २ अर्ब नजिक, ट्रेडिङ र जलविद्युतमा लगानीकर्ताको आकर्षण

नेप्से ५७ अंकले बढ्दा कारोबार साढे २ अर्ब नजिक, ट्रेडिङ र जलविद्युतमा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ५७.६१ अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागिरहेको नेप्से परिसुचक अन्तिम समयमा बढ्दै २ हजार ८६ को विन्दुमा पुगेको हो ।

बजारमा कारोबार भएका समुहमध्ये आज ट्रेडिङ र जलविद्युत समुहको परिसुचकमा उच्च वृद्धि देखिँदा अन्य सबै समुहहरु पनि उकालो लागेका छन् । आज सबैभन्दा बढी उकालो लाग्ने ट्रेडिङ समुहको परिसुचक ९ प्रतिशतले उकालो लाग्दा जलविद्युत समुहको परिसुचकमा ५ प्रतिशतको वृद्धि देखिन्छ । यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ४.९, अतिरिक्त समुहको ४.७ र वित्त समुहको परिसुचक ४.२१ प्रतिशतले उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आईतबार १.२३ प्रतिशतले उकालो लाग्दा जीवन र निर्जीवन बीमा समुहको परिसुचक क्रमशः १.७२ र २.१९ प्रतिशतले बढेका छन् ।

आज दिनभर २ सय ३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

आज दिनभर भएको कारोबारमा साल्ट ट्रेडिङ कर्पाेरेशन, हिमालयन पार्टनर, माथिल्लो तामाकोशी, सान्जेन जलविद्युत, नेस्डो समृद्ध लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र रसुवागढी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्