Logo

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मुल्य शुक्रबार पुनः ५ सय रुपैयाँले बढेको हो । बजारमा सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

केही समय यता नेपाली बजारमा दिनहुँ जसो सुनको मुल्यमा उत्तरचढाव भइरहेको छ ।

शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । अधिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोवार भएको सुन आज ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्