Logo

नेप्से ७५ अंकले बढ्दा कारोबार रकम साढे २ अर्ब नजिक, ६ कम्पनीको सेयरमूल्यमा सर्किट

नेप्से ७५ अंकले बढ्दा कारोबार रकम साढे २ अर्ब नजिक, ६ कम्पनीको सेयरमूल्यमा सर्किट



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७४.९३ अंकले बढेको छ । बिहानैदेखि उकालो लाग्न सुरु गरेको परिसुचक कारोबार समयको अन्तिम क्षणमा उच्च अंकले बढ्दै २ हजार ३७ को विन्दुमा पुगेको हो ।

आज बजारमा कारोबार भएका समुहहरुमध्ये सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये निर्जीवन र जीवन बीमा समुहको सेयरमूल्य उच्च अंकले उकालो लाग्दा विकास बैंक समुहको परिसुचकमा २०४ अंकको वृद्धि देखिएको छ । यस्तै आज उत्पादनमुलक, जलविद्युत, होटल तथा पर्यटन र वित्त समुहको परिसुचकहरु क्रमशः २५०, १०६, १२७ र १०० अंकले उकालो लागेका छन् ।

आज दिनभर २ सय २७ कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ पुगेको छ । यस्तै आज नेपाल फाईनान्स, मैलुङ खोला जलविद्युत कम्पनी, न्यादी जलविद्युत, आँधिखोला लघुवित्त वित्तीय संस्था सीवाईसी लघुवित्त र सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सर्किट लागेको छ । यस्तै बाँकी ९ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL