Logo

धितोपत्र बोर्ड भन्छ, उच्च रुपमा बढ्यो नेप्से, लगानीकर्तालाई सजक रहन आग्रह

धितोपत्र बोर्ड भन्छ, उच्च रुपमा बढ्यो नेप्से, लगानीकर्तालाई सजक रहन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशको अर्थतन्त्र तथा अन्य आधारभुत परिसुचक सन्तोषजनक नभएको अवस्थामा नेप्से परिसुचक अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्तालाई सजक रहन आग्रह गरेको छ । देशको अर्थतन्त्र जटिल अवस्थामा रहेको बेला पछिल्लो ८ महिनाको अवधिमा नेप्से परिसुचक ३ सय ५० अंकभन्दा माथी बढेको भन्दै त्यसतर्फ सजक रहन अनुरोध गरेको छ । २०७२ असार मसान्तमा ९ सय ६१ अंकमा रहेको नेप्से परिसुचक आजका मितिसम्म आइपुग्दा १ हजार ३ सय १८ अंकमा पुगेको छ ।

नेप्से इन्डेक्स देशको समग्र अर्थतन्त्रको ऐनाको रुपमा रहने हुँदा सहज रहन साधारण लगानीकर्तालाई बोडले आग्रह गरेको छ । नेपालको धितोपत्र बजारमा स–साना लगानीकर्ताको वाहुल्यता रहेको संस्थागत लगानीकर्ताको संख्या कम रहेको हुँदा अनावश्यक हल्ला र आधारहिन अनुमान फैलने हुँदा त्यसको पछि नलाग्न आग्रह गरेको छ ।

यद्यपि बोर्डबाट धितोपत्र बजार सुधार तथा विकासका लागि आवश्यक कार्यहरु अघि बढाइरहेकाले नेप्से परिसुचक उत्साहवद्र्धक रुपमा बढेको जानकारी दिएको छ । साथै, धितोपत्र खरिद विक्री सम्बन्धी काम गर्दा सम्बन्धित क्षेत्र तथा कम्पनीको वारेमा जानकारी लिनुका साथै बजार सुधारको काम कारवाहीको समेत अध्ययन गर्नु जरुरी रहेको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्