Logo

विगमार्टको १६औं शाखा नक्सालमा, सवै शाखामा ताजा फलफुल र तरकारी राख्ने तयारी

विगमार्टको १६औं शाखा नक्सालमा, सवै शाखामा ताजा फलफुल र तरकारी राख्ने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विग मार्टले नक्सालमा नयाँ शाखा स्थापना गरेको छ यससँगै विगमार्टको शाखा संख्या १६ पुगेको छ । विगमार्टले २०१७ भित्रमा काठमाडौं,ललितपुर र भक्तपुरमा ३५ ओटा शाखा संख्या पुर्याउने योजना अनुरुप नक्सालमा नयाँ शाखा स्थापना गरेको हो ।

त्यस्तै विगमार्टले नयाँ बर्षको अवसर पारेर नयाँ शाखा  स्थापनाको तयारी गरिरहेको बताएको छ । विगमार्टले ललितपुरको झम्सिखेलमा नयाँ व्रान्च खोल्न लागेको हो । विगमार्टको हाल उपत्यकामा १६ ओटा शाखा सञ्चालनमा छन् ।
साथै आगामी ३ महिना भित्र सवै शाखामा ताजा फलफुल र तरकारी राख्ने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्