Logo

बीमा र विकास बैंक समुहले उचाल्यो नेप्से, ११ अंकले बढ्दा साढे ९६ करोडको कारोवार

बीमा र विकास बैंक समुहले उचाल्यो नेप्से, ११ अंकले बढ्दा साढे ९६ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बीमा समुहको परिसुचक उकालो लाग्दा नेप्से परिसुचक ११ दशमलव ४९ अंकले बढेको छ । साताको अन्तिम दिन बीमा समुहको परिसुचक १ सय ८६ अंकले बढेको छ ।

बजार खुलदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक दिनभरी तलभाथी हुँदै अन्तमा १ हजार ३ सय १८ अंकमा पुगेर अडिएको छ ।

विहीबार झण्डै १ अर्ब रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । लामो समयको विदा पछि बजार खुलेकाले पनि बढी रकमको कारोवार भएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । सो दिन ९६ करोड ६७  लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

अन्तिम दिन फाइनान्स र अन्य समुहका वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् । यी दुई समुहको परिसुचक सामान्य घट्दा अरु समुहको परिसुचक भने उच्च रुपमा उकालो लागेका छन् ।

बजारमा जलविद्युत समुहको परिसुचक पनि ५५ दशमलव ९२ अंकले बढेको छ । यसैगरी, विकास बैंक समुह पनि ३२ दशमलव ७२ अंकले उकालो लागेको छ भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक भने सामान्य मात्र बढेको छ । बीमा र विकास बैंक समुह बढेसँगै समग्र नेप्से परिसुचक र कारोवार रकम बढ्न पुगेको हो ।

दिनभर कुल १ सय २६ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १८ लाख ४० हजार कित्ता सेयर करोवार भएको छ । विहीबार बीमा समुहको सेयर कारोवार बढी भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ६ करोड ३५ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सको पनि ५ करोड २३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । विहीबार बढी कारोवार हुने उच्च १० कम्पनीमा बीमा र विकास बैंक नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL