Logo

हुन्डाईको अल न्यू टक्सन नेपाली बजारमा, अपेक्षा भन्दा बढी सन्तुष्टि दिने दावी

हुन्डाईको अल न्यू टक्सन नेपाली बजारमा, अपेक्षा भन्दा बढी सन्तुष्टि दिने दावी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हुन्डाईको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल–न्यू टुसन गाडी बजारमा ल्याएको छ । हुन्डाईको अल–न्यू टुसन नयाँ सोचाइ नयाँ सम्भावना रहेको छ ।

टुसनको डिजाइनले आधुनिक सोच, मर्म र मान्यतालाई प्रतिविम्बित गर्ने बताइएको छ । साथै हुन्डाईलाई नयाँ युगको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको कम्पनीको दावी छ । परिस्कृत स्वरुप, हुन्डाईको विशेषता बनेको ‘हेक्जागोनलग्रिल’लगायत उपभोक्ताको आराम, सुविधा र डिजाइनमा टुसन गाडीले कुनै सम्झौता नगरेको बताइएको छ ।

सवारी साधनको सुरक्षा मूल्यांकन गर्ने संस्था यूरो एनक्यापले अल–न्यू टुसन गाडीलाई उच्च श्रेणीमा राखेको छ । अल–न्यू टुसनलाई एविसिले ‘वर्ष २०१६ को उत्कृष्ट सवारी’ घोषणा गरेको छ । यो स्पेनमा दिइने अटोमोबाइल क्षेत्रकै प्रतिष्ठित अवार्ड हो । अन्तर्राष्ट्रिय अखबार एविसिले आयोजना गर्ने यो अवार्ड वितरण समारोहमा विभिन्न सञ्चारमाध्यम, अखबार, पत्रिका, टेलिभिजन, रेडियो र एजेन्सीसँग आबद्ध ३७ जनापत्रकारको निर्णायक मण्डलले विजेता चयन गर्छ ।

सन् २०१६ मा हुन्डाई टुसनले ‘ इन्स्योरेनस इन्स्टीच्युट अफ हाइवे सेफ्टी २०१५ टप सेफ्टी पिकप्लस’ अवार्ड हासिल गरेको छ । यसमा हुन्डाई मोटर्सको फ्लयुडिक स्केलप्चर २ दशमलव ० डिजाइन’ सिद्धान्तमा आधारित डिजाइन र प्रविधि प्रयोग गरिएको छ । उपभोक्ताका लागि यसले अपेक्षा भन्दा बढी नै सन्तुष्टि प्रदान गर्ने बताइएको छ ।

गाडीमा ड्राइभर ताथा पेसेन्जरको सुरक्षालाई मध्यनजर गरी विशेष महत्वको साथ विभिन्न सुरक्षा फिचर समावेस गरिएको छ । हाल नयाँ टक्सन २ दशमलव ० पेट्रोल म्यानुअल र अटोमेटिक तथा २ दशमलव ० डिजेल अटोमेटिकमा उप्लव्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्