Logo

सुनको मुल्य प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

सुनको मुल्य प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुन आज प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार नेपाली बजारमा सुनको मुल्य घटेर प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भएको सुन बुधबार ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL