Logo

कलर्स पी १० बजारमा, मूल्य ४ हजार ७ सय

कलर्स पी १० बजारमा, मूल्य ४ हजार ७ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कलर्स मोबाइलले फोन पी १० बजारमा ल्याएको छ । एक्स फ्याक्टर सिरिजलाई निरन्तरता दिदैँ सो मोवाइल बजारमा ल्याएको हो । नयाँ कलर्सको यस फोनमा ४ इन्च डब्लुभिजिए स्क्रिन छ ।

त्यस्तै १ जीएचजेड डुअलकोर प्रोसेसर भएको यस फोनमा २५६ एमबी र्याम छ । फोनमा ५सय १२ एमबी इन्टरनेल मेमोरी र ३२ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।

यसमा ३ दशमलव २ मेगापिक्सलको क्यामरा छ । एन्ड्रोइड ४.४.२ किटक्याटमा काम गर्ने यस फोनमा १५ सय एमएएचको ब्याट्री छ । कलर्स पी १० को मूल्य ४ हजार ७ सय ३५ रुपैयाँ भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL