Logo

नेप्से परिसुचक १३ सय माथी, विकास बैंक र बीमाका लगानीकर्ताले कमाए

नेप्से परिसुचक १३ सय माथी, विकास बैंक र बीमाका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विहीबार नेप्से परिसुचक १ हजार ३ सय अंकभन्दा माथी पुगेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से १ हजार ३ सय १ दशमलव ४६ अंकसम्म पुगेको थियो । अन्तमा नेप्से परिसुचक ४ दशमलव ९८ अंकले बढ्दै १ हजार ३ सय दशमलव ७६ अंकमा अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ५२ दशमलव ६७ अंकले बढ्दा होटल समुहको परिसुचक ४० अंकले बढेको थियो । यस्तै विकास बैंक समुह पनि १२ दशमलव ३७ अंकले बढेको छ भने फाइनान्स समुह १४ दशमलव ३६ अंकले बढेको थियो । तर, बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने सामान्य घटेको छ ।

विहीबार अघिल्लो दिनमा कारोवार रकममा समेत बृद्धि भएको छ । बुधबार ६० करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा विहीबार ६२ करोड २० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । दिनभर कुल १ सय २६ कम्पनीको १० लाख ८४ हजार कित्ता सेयर कारोवार भएको छ ।

अन्तिम दिन सवैभन्दा बढी ग्रामीण विकास बैंकको सेयर कारोवार भएको छ । सो कम्पनीको ५ करोड २० लाख रुपैयाँ बरावरको सेयर कारोवार हुँदा रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ५ करोड १० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL