Logo

रोकिएन सेयर बजारको गिरावट, ३५ अंकले घटेको बजारमा १ अर्ब ३१ करोडको कारोबार

रोकिएन सेयर बजारको गिरावट, ३५ अंकले घटेको बजारमा १ अर्ब ३१ करोडको कारोबार



काठमाडौं, साताको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३५ दशमलव ५३ अंकले ओरालो लागेको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयरबजार नै घटेको हो ।

आज कारोबार भएका समुहमध्ये म्युचुअल फण्ड समुहको परिसुचक सामान्य अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचकमा सबैभन्दा बढी २३६ अंकको गिरावट आएको छ । यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ८० अंकले घट्दा लघुवित्त र जीवन बीमा समुहको परिसुचक क्रमशः ७४ र ७१ अंकले ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २९ अंकको गिरावट आउँदा विकास बैंक समहुको परिसुचक ५४ अंकले घटेको छ । आज जलविद्युत समुहको परिसुचकमा ३० अंकको गिरावट आएको छ भने वित्त समुहको परिसुचक २४ अंकले ओरालो लागेको छ ।

आज दिनभर २ सय २९ कम्पनीका ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ पुगेको छ । आज नेपाल ईन्भेष्मेन्ट बैंक लिको सेयरमूल्य ९ प्रतिशत बढिले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्