Logo

बजेट भाषणको भोलिपल्ट सेयर बजारमा उच्च गिरावट, कारोबार सवा अर्बमा सीमित

बजेट भाषणको भोलिपल्ट सेयर बजारमा उच्च गिरावट, कारोबार सवा अर्बमा सीमित



काठमाडौं । अर्थमन्त्रीले बजेट भाषण गरेको भोलीपल्ट सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पूँजी बजारका लागि सुनुवाई नगरेको बजेट आउँदा साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५०.३३ अंकले ओरालो लागेको छ ।

आज कारोबार रकमा पनि केहि खुम्चावट आएको छ । दिनभर भएको कारोबारमा २ सय २७ कम्पनीको ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३३ करोड ८८ लाख ५६ हजारमा सीमित भएको छ ।

बजारमा कारोबार भएका सबै समुहहरु आज ओरालो लागेका छन् । जसमध्ये आज सबैभन्दा बढी गिरावट बीमा समुहको परिसुचकमा देखिन्छ । सोमबार जीवन बीमा समुहको परिसुचक ३ सय ६ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा २४८ अंकको गिरावट देखिन्छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ९७ अंकले, उत्पादनमुलक समुहको परिसुचक १२७ अंकले, लघुवित्त समुहको परिसुचक ७१ अंकले र व्यापार समुहको परिसुचक ६२ अंकले ओरालो लागेका छन् । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २१ अंकको गिरावट देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्