काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारलाई कम्पनीको सार्वजनिक सेयर (आईपीओ) निष्काशनमा १० प्रतिशत आरक्षण सुरक्षित गरेको छ । सेयर बजारको दायरा फराकिलो बनाउने उद्देश्य अनुरुप सरकारले बजेटबाटै वैदेशिक रोजगारीमा गएका कामदारलाई आईपीओ निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो ।
यसैगरी सरकारले पुँजी बजारको दायरा फराकिलो बनाउँदै कानुनी रुपमा गैर आवासीय नेपालीले सेयरको दोस्रो बजारमा लगानी गर्ने व्यवस्था गरिने भएको छ ।